पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

पाेखरा | चैत १०, २०८०

पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

पोखरा:   नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ ।


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । 


हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोे हो । 


साहसले अवार्ड सफल पार्न करिब ५० हजार बराबरको सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । 


काठमाण्डौंको चाइना टाउनमा रहेको साहस स्पोर्टस्ले खेल सम्बन्धी जर्सी, ट्रयाकसुट, टिसर्ट, झोला लगायत १२ प्रकारका सामानहरु उत्पादन गर्दै आइरहेको स्पोर्टस्का प्रवन्ध निर्देशक जनक न्यौपानेले जानकारी दिए । 


मञ्चले हरेक वर्ष गर्दै आएको अवार्डमा यस पटक सहकार्य गर्ने अवसर दिएकोमा साहसका प्रबन्ध निर्देशक न्यौपानेले धन्यवाद दिदै आगामी दिनमा पुनः सहकार्य गर्ने प्रतिवद्धता जनाए ।


मञ्चका अध्यक्ष बराल सहित सचिव शशीकुमार पौडेल सहितको टोली उक्त अवार्ड सफल पार्न पूर्व तयारी स्वरुप काठमाण्डौं जाने क्रममा साहससहित हाम्रो हस्तकलाले समेत अवार्डलाई यस वर्ष सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 


अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव राजाराम पौडेलले जनाए ।


अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । 
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्